
२५ असार, अछाम । अछामको मंगलसेन नगरपालिका–१ मा एक व्यक्तिले आफ्नो घरमा पाहुना आएका ठूलो बुवा र ससुराको हत्या गरेका छन् । कुन्तीबण्डालीको ढुंगानी निवासी लफे भनिने पिरमकुमार साउँदले सोही ठाउँमा बस्ने ठूलोबुवा देउसिंह थापा र ससुरा विरभान थापाको मंगलबार मध्यरातमा हत्या गरेका हुन् ।
साउदलाई प्रहरीले पक्राउ गरेको छ । हत्यापछि फरार रहेका साउदलाई मंगलसेन नगरपालिका–२ को खम्बबाट पक्राउ गरेको अछाम प्रहरी प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
घटना राति करिब एक बजेतिर भए पनि प्रहरीले बुधबार बिहानपख पौने चार बजे खबर पाएको अछाम प्रहरीको भनाइ छ । घटनाको अनुसन्धान भइरहेको डिएसपी शाहीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4