+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नाटक लिएर जर्मनी पुगेका ४ कलाकार उतै लुके !

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २५ गते २०:४०

२५ असार, पोखरा । नाटक लिएर जर्मनी पुगेको युथ क्रियसन टोलीका ४ कलाकार उतै लुकेका छन् । कलाकारहरु शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल (अञ्जना) र मधुसूदन पौडेल उतै लुकेका हुन् । शर्मा नाटकका लेखक केदार पाैडेलकी पत्नी हुन् । उनी कलाकार नभए पनि नाटककै टाेलीमा मिलाएर लेखकले सँगै लगेका थिए ।

जर्मन सरकार अधिनस्थ प्रज्ञा प्रतिष्ठानको आयोजनामा हुने लोकसंगीत महोत्सवमा ‘घेरो’ नाटक गत बुधबार उनीहरु जर्मन उडेका थिए ।

१२ जना कलाकारसहित जर्मन उडेको टोलीको भिसा अवधि १ हप्ताको थियो । उनीहरुले महोत्सवमा जुलाई ५ र ६ तारिख २ दिन नाटक मञ्चन गरेका थिए । तर, अन्य टोली फर्किंदा भने ती ४ जना लुकेको युथ क्रियसन थियटरले फेसबुकमार्फत पुष्टि गरेको छ ।

‘उनीहरु कार्यक्रम सकिएपछि विभिन्न बहानामा भागेका हुन्,’ थियटरका सचिव सौगात पोखरेलले फेसबुकमा लेखेका छन्, ‘उनीहरुलाई लुकाउन वा भगाउन हामीमध्ये कसैले सहयोग गरेको भए वा पैसा लेनदेन गरेको भए कारबाहीको भागेदारी हुन तयार छौं ।’ उनले जर्मनमै पनि ती ४ जना हराएको सूचना दिइसकेको दाबी गरेका छन् ।

लुकेकाहरुमध्ये कलाकार मधुसूदन पौडेलले आफू पोर्चुगल पुगेको फेसबुकमार्फत नै जानकारी दिएका छन् । उनले लेखेका छन्, ‘म अहिले पोर्चुगलमा छु । मलाई कुनै संस्थाले पैसा खाएर यहाँ ल्याएको होइन । आफ्नै राजी खुशीले आएको हुँ ।’

केदार पौडेलले लेखेको नाटकमा युवा रंगकर्मी तथा युथ क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माको निर्देशन छ । नाटक गएको जेठ २४ गते काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?