Comments Add Comment

समायोजनले प्रदेश ३ का ७ घरेलु कार्यालय कर्मचारीविहीन

२६ असार, हेटाैंडा । कर्मचारी समायोजनसँगै प्रदेश ३ का ७ जिल्लाका घरेलु तथा साना उद्योग विकास समिति कर्मचारी बिहीन हुने भएका छन् ।

सात जिल्लामा रहेका स्थायी कर्मचारीको साउनबाट स्थानीय तहमा समायोजनसँगै कार्यालय खोल्ने कर्मचारीसमेत नहुने अवस्था रहेको छ ।

प्रदेश ३ का सिन्धुली, रामेछाप, दोलखा, रसुवा, नुवाकोट सिन्धुपाल्चोक र धादिङका कार्यालय कर्मचारी विहीन हुने भएका हुन् ।

सात जिल्लाका प्रमुखुसहित ४२ जना कर्मचारी स्थानीय तहमा समायोजन भएसँगै विकास समितिले गर्ने उद्योग, व्यवसाय दर्ता, नवीकरण, प्रवधनात्मक सिपमुलक तालिम दिने काम प्रभावित हुने भएकोछ ।

प्रदेश सरकार मातहत पठाइएका ७ जिल्लाका विकास समितिमा कर्मचारी नहुने भएपछि प्रदेश ३ सरकारले कर्मचारी पठाउनका लागि तयारी गरिरहेको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

सिन्धुली र रसुवा बाहेक अन्य जिल्लामा कार्यालय खोल्नका लागि पहिलो चरणमा एकरएकजना कर्मचारी पठाउने तयारी गरिएको मन्त्रालयले जनाएको छ ।

स्थायी कर्मचारी स्थानिय तहमा समायोजन भएसँगै बिकास समितीमा कार्यरत करारका कर्मचारीको व्यवस्थापन हुन सकेको छैन ।

विकास समिति ऐन २०१३ अनुसार कर्मचारीको व्यवस्थापन भैरहे पन िकार्यरत रहेका सबै करारका कर्मचारी खाली हात घर फर्कनु पर्ने अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment