+
+

महिलामाथिको दुर्व्यबहारका कारण प्रतिबन्धमा परे आलम

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २६ गते १८:१६

२६ असार, काठमाडौं । अफगानिस्तानका तीब्र गतिका बलर अफताब आलमलाई विश्वकपमा आचारसंहित विपरीत काम गरेको भन्दै एक वर्ष प्रतिबन्ध लगाइएको छ ।

एक वर्ष राष्ट्रिय टिमबाट बाहिर रहने आलमले कुनै पनि अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटसमेत खेल्न नपाउने भएका छन् । अफगानिस्तान क्रिकेट बोर्डको बैठकले गरेको निर्णयअनुसार उनीमाथि प्रतिबन्ध लागेको हो ।

विश्वकपका लागि अफगानिस्तान टिम बसेको होटलमा एक महिलामाथि नराम्रो व्यवहार गरेको आरोप आलममाथि लागेको थियो । त्यससँगै विश्वकप टिमबाट बाहिर निकालिएका उनलाई थप एक वर्ष प्रतिबन्ध लगाउने निर्णय भएको हो ।

जुन २२ मा भारतसँग ११ रनले हारेको खेलपछि आलमले साउथहृयाम्पटनको होटलमा ती महिलामाथि दुर्व्यबहार गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?