+

ट्युनिसियाले सेमिफाइनलमा सेनेगलसँग खेल्ने

२०७६ असार  २७ गते ७:२७ २०७६ असार २७ गते ७:२७
ट्युनिसियाले सेमिफाइनलमा सेनेगलसँग खेल्ने

२७ असार, काठमाडौं । अफ्रिका कप अफ द नेसन्स फुटबलको सेमिफाइनलमा समीकरण पूरा भएको छ ।

बिहीबार राति ट्युनिसियाले माडागास्करलाई ३–० गोल अन्तरले पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो । सेमिफाइनलमा अब ट्युनिसियाले सेनेगलसँग प्रतिस्पर्धा गर्दा अर्को सेमिफाइनलमा नाइजेरियाले अल्जेरियासँग प्रतिस्पर्धा गर्नेछ ।

माडागास्करलाई पराजित गर्ने क्रममा ट्युनिसियाले खेलको दोस्रो हाफमा तीनै गोल गरेको थियो । खेलको ५२औं, ६० औं र खेलको अतिरिक्त समयमा गोल गर्दै ट्युनिसियाले माडागास्करलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

यता, सेनेगलले भने बेनिनलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलअन्तरले पराजित गर्दा अल्जेरियाले आईभेरीकोष्टलाई पेनाल्टीमा हराउँदै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय