+
+

मृतकका परिवारलाई ३ लाख दिने प्रदेश सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २८ गते १३:५२

२८ असार, जनकपुरधाम । प्रदेश २ सरकारले बाढीबाट ज्यान गुमाउनेको परिवारलाई ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकले मृतक परिवारलाई रु ३ लाख उपलब्ध गराउने निर्णय गरेको उद्योग, वन, पर्यटन राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए ।

उनका अनुसार प्रत्येक जिल्लामा रहेको राहतका लागि १०-१० लाख रुपैयाँका साथै त्रिपाल, खाना लगायतका सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । हेलिकप्टर, सेना, प्रहरी, सशस्त्र प्रहरी लगायतलाई उद्वार कार्य र राहत कार्यमा जुटाउनका लागि संघ सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?