+

सेरेनालाई हराउँदै हालेपले जितिन् विम्बल्डन

२०७६ असार  २८ गते २१:०० २०७६ असार २८ गते २१:००
सेरेनालाई हराउँदै हालेपले जितिन् विम्बल्डन

काठमाडौं । अमेरिकी सेरेना विलियम्सलाई हराउँदै सिमोना हालेपले विम्बल्डन टेनिसको उपाधि जितेकी छन् । यो उनको पहिलो विम्बल्डन र दोस्रो ग्राण्डस्लाम उपाधि हो ।

शनिबार भएको उपाधि भिडन्तमा रोमानियाकी हालेपले सेरेनालाई ६–२ र ६–२ को साझो सेटमा पराजित गरेकी हुन् । उनले मात्र ५६ मिनेटमा खेल जितेकी थिइन् ।

उनी विम्बल्डन जित्ने रोमानियाकी पहिलो महिला खेलाडी समेत बेनकी छन् ।

२७ वर्षीय हालेपले २०१८ मा फ्रेन्च ओपन जितेकी थिइन् ।

सेरेना २४ औं ग्राण्डस्लामको उपाधिका लागि भिडेकी थिइन् तर, हालेपसामू टिक्न सकिनन् ।

३७ वर्षीया सेरेना १२ महिनाभित्र तेस्रो पटक ग्राण्डस्लामको फाइनलमा हारेकी हुन् ।

यदि उनले जितेको भए आठौं विम्बल्डन र २४ औं ग्राण्डस्लाम उपाधि हुने थियो र अष्ट्रेलियाकी मारग्रेट कोर्टको रेकर्डसँग बराबरी गर्ने थिइन् तर यो पटक सम्भव भएन ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय