
गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले चोरीको आरोप खेप्दै आइरहेको छन् । ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप सेलाउन नपाउँदै कालीलाई पुनः अर्को चोरीको बात लागेको छ ।
कालीको शब्द संगीतमा तयार भएको ‘समाचार’ बोलको गीतमा संगीत चोरीको आरोप लागेको हो ।
१० महिना अगाडि आफूले फेसबुकमा सार्वजनिक भएको ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग ‘समाचार’ बोलको गीतको संगीत मिलेको दाबी बिक्की महतको छ ।
आफूले महानरीय प्रहरी परिसर, टेकुमा उजुरी समेत दिएको उनले बताए ।
कालीप्रसाद बास्कोटाले भने यसबारे केही थाहा नभएको बताएका छन् । उनले भने, ‘गीत मिलेको छ भनेर मलाई एक दुई जनाले म्यासेज गर्नुभएको थियो तर, यसबारे मलाई केही जानकारी छैन । उहाँ मसँग कुरा गर्न आउनु भएको पनि छैन ।’
उनले संगीत मिलेको दाबी पनि अस्वीकार गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4