+
+

माल्टा पठाइदिन्छु भनी लाखाैं ठगी गर्ने भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ६ गते १३:५५

६ साउन, काठमाडौं । नेपालीहरुलाई माल्टा पठाइदिने भन्दै लाखौं रकम ठग्ने एकजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको दिल्ली घर भइ हाल काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्दै आएका २३ वर्षीय राहुल पाण्डेलाई टेकुबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

भिभि इन्टरनेशनल प्रालिमार्फत नेपालीहरुलाई वैदेशिक रोजगारको लागि माल्टा लैजान्छु भनि नक्कली भिसा दिलाएर पाण्डेले ६५ लाख ७० हजार ६०० रुपैयाँ ठगेको भन्दै प्रालिका संचालक दावा शेर्पाले उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अपराध महाशाखाले पाण्डेलाई पक्राउ गरेको हो । उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

उक्त रकम भिसा प्रकृया र सेक्युरिटी डिपोजिटका लागि भन्दै पटक पटक असुलेको दावाको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?