+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नेपथ्यले बनायो ‘रातो र चन्द्र सूर्य’ को म्यूजिक भिडियोमा

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ७ गते १८:०२

७ साउन, काठमाडौं । कवि गोपालप्रसाद रिमालले राणाकालमै लेखेको कालजयी कविता ‘रातो र चन्द्रसूर्य जंगी निशान हाम्रो’ संगीतबद्ध भएको केही दशकपछि म्यूजिक भिडियोका रुपमा प्रस्तुत भएको छ ।

यस कवितालाई निकैपछि अम्बर गुरुङले वीररसमा संगीतवद्ध गरेर राष्ट्रिय गीतका रुपमा तयार पारेका थिए । उतिबेलै गुरुङ र अर्का गायक फत्तेमानको स्वर समेटेर रेडियो नेपालमा यसको रेकर्ड गरिएको थियो ।

‘पुरानै गीतलाई हाम्रो थप प्रयास स्वरुप नयाँ एरेन्जमेन्टले सजाएपछि श्रोताहरुलाई सुनाउँदै आएका छौं,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘सन् २००२ यता ब्याण्डका हरेक जसो कन्सर्टमा नछुटाइकन यो गीत प्रस्तुत हुने गरेको छ ।’

संगीतकार एवं गायक अम्बर गुरुङबाट यस गीतलाई गाउने आधिकारिक अनुमति ब्याण्डले प्राप्त गरेपछि केहि वर्षअघि तयार भएको नेपथ्यको एल्बम ‘मेरो देश’ मा यसलाई समेटिएको थियो ।

त्यसैगरि नौ वर्षअघि नेपाली सेनाले यस गीतलाई ‘सैनिक गीत’ बनाउने निधो गरेपछि उसका प्रत्येक जस्तो औपचारिक कार्यक्रममा यो धुन बजाउँदै आइरहेको छ ।

‘म्यूजिक भिडियोमा नेपथ्य ब्याण्डकै लाइभ कन्सर्टका दृश्यहरुलाई संयोजन गरिएको छ,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘गीत गाउँदा दर्शकहरुमा देखिएको ब्यापक उत्साह र उर्जाले नै शब्दको शक्ति देखाउने भएकाले यस्तो निर्णय लिएका हौं ।’

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?