Comments Add Comment

साहिदले मागे ४० करोड

सन्दीप रेड्डी वंगाको निर्देशनमा बनेको चलचित्र ‘कविर सिंह’ले बलिउड नायक साहिद कपुरको क्रेज र करिअरलाई नयाँ मोडमा लगिदिएको छ । साहिदले पहिलो पटक सोलो २ सय करोडको चलचित्र दिएका छन् । अहिले उनलाई लिएर चलचित्र बनाउन निर्माता लालयित छन् । चलचित्रले अहिलेसम्म २ सय ७५ करोड माथिको व्यापार गरिसकेको छ ।

उक्त चलचित्र पश्चात् साहिदले कुनै पनि चलचित्रमा साइन गरेका छैनन् । तर, उनलाई हिट तेलुगु चलचित्र ‘जर्सी’को रिमेकमा अफर गरिएको छ । साहिदले यो चलचित्रमा काम गर्ने वा नगर्ने भन्ने विषयमा केही बोलेका छैनन् । यो चलचित्रमा काम गर्नको लागि साहिदले ४० करोडको माग गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

एउटा चलचित्र सुपरहिट हुँदा कलाकारको करिअर र पारिश्रमिक कसरी उचाइमा जान्छ भन्ने यो एउटा उदाहरण पनि हो । ‘जर्सी’को रिमेकको अधिकार करण जोहरको धर्मा प्रोडक्शनले किनेको छ । उनीहरुले नै साहिदलाई चलचित्रको अफर गरेका हुन् । तर, पारिश्रमिकको विषयमा भने कुनै पनि सहमती भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment