+
+
Shares

आधिकारिक ट्रेड युनियन खारेज हुँदैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन ८ गते १३:५३

८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने प्रष्ट पारेका छन् । सरकारलाई असफल बनाउन ट्रेड युनियन खारेज गर्न लाग्यो भनेर भ्रम फिँजाइएको उनको दाबी छ ।

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम जम्मा गर्न बालुवाटार पुगेका आधिकारिक ट्रेड युनियनका पदाधिकारीसँग भएको भेटमा ओलीले भने, ‘कुनै भ्रममा नपर्न आग्रह गर्न चाहन्छु, सरकारको कुनै त्यस्तो दृष्टिकोण छैन, हुँदैन ।’

कसैले कर्मचारी युनियन बन्द गर्नुपर्छ भनेको र सरकारलाई अलोकप्रिय बनाउन चाहनेहरुले सरकारले कर्मचारी युनियन बन्द खोज्यो भनेर भ्रम छरेको उनले बताए ।

उनले सरकारलाई कर्मचारीलाई सहयोग गरेको छैन भन्ने नलागेको समेत बताए । कर्मचारीको सहयोग विना सरकार एक्लैले केही गर्न नसक्ने भन्दै प्रधाानमन्त्री ओलीले भने, ‘कमी कमजोरी होला तर सहयोग गरेकै छैन भन्ने होइन ।’

कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने भन्दै उनले आन्दोलनको कुरा नगर्न आग्रह गरे । उनले भने, ‘माग पेश गर्नुभन्दा पहिले आन्दोलन भन्ने सुनिन्छ । त्यो जरुरी छैन ।’

निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले स्थानीय तहमा जाने कर्मचारीहरु अलपत्र परेको भन्दै समाधान गरिदिन आग्रह गरे । प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीको तहगत प्रणालीअनुसार सेवा सुविधाका लागि बजेटको व्यवस्था गर्न पनि माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?