
९ साउन, काठमाडौं । सरकारले मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको अग्रसरतामा स्थापना हुन लागेको सुविधासम्पन्न बाल अस्पतालका लागि वुढानीलकण्ठमा ४१ रोपनी जग्गा दिएको छ ।
‘काठमाडौं चाइल्ड हेल्थ हस्पिटल’का लागि सरकारले बुढानीलकण्ठ–७ मा ४१ रोपनी १० आना ३ पैसा जग्गा भाडामा दिने निर्णय गरेको हो । यो अपस्ताल १०० शैय्याको हुनेछ भने सात वटै प्रदेशमा ५० शैय्याको बाल अस्पताल बनाउन सरकारले स्वीकृति दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।
अस्पताल निर्माणका लागि काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बनाइएको छ, जसको अध्यक्षमा डा. कोइराला छन् । इन्स्टिच्युटले अस्पताल निर्माणका लागि एक करोड रुपैयाँ भन्दा बढी रकम जुटाइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4