+
+

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १० गते १०:०३
Photo Credit : प्रदेश ३ को मुख्यमन्त्री कार्यालय । तस्वीर स्रोतः मुख्यमन्त्री कार्यालय

१० साउन, हेटौंडा । प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया को नाम सिफारिस भएको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौँ महानगरपालिका–१४ कलंकीका थपलियालाई बुधबार सो पदमा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

यसअघि मुख्य न्यायाधिवक्ताको जिम्मेवारीमा रहेका सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएपछि यो पद रिक्त थियो ।

मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ । बत्तीस वर्षअघि अभिवक्ता बनेर कानूनी क्षेत्रमा लागेका थपलिया ०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील हुँदै दुई वर्षअघि वरिष्ठ अधिवक्ता बनेका थिए ।

तत्कालीन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका थपलिया राजनीति शास्त्रमा एमए र कानूनमा एलएलएम हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?