+
+

रियलले गर्‍यो बेल चीन जाने प्रक्रिया रद्द

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १२ गते २०:१०

१२ साउन, काठमाडौं । ग्यारेथ बेल चिनियाँ क्लब जाने प्रक्रियालाई रियल मड्रिडले रद्ध गरेको छ ।

स्पेनिस क्लब रियलले बेललाई चीन नपठाउने निर्णय गरेसँगै उनी रियल मै बस्ने भएको बीबीसीले लेखेको छ । तीन वर्षका लागि बेल चिनियाँ क्लब जियाङसु सुनिङ जाने मौखिक सम्झौता भएको थियो । बेलले चिनियाँ क्लबबाट साताको १ मिलियन पाउण्ड पाउने शर्तमा जान लागेका थिए । तर अन्तिम समयमा आएर रियलले यो सम्झौता रद्द गरेको हो ।

केहि दिनअघि मात्रै मुख्य प्रशिक्षक जिनेदिन जिदानले बेलले चाँडै छाड्ने बताएका थिए । तर चिनियाँ क्लब पठाउने प्रक्रियालाई रोकेपछि बेल रियल मै रहन्छन् कि कुनै क्लब जान्छ भन्ने प्रश्न उठेको छ ।

त्यसो त रियल मड्रिडमा सन् २०१३ मा कीर्तिमानी मुल्य ८५ मिलियन पाउण्डमा टोटेनहमबाट आएका रियलको सम्झौता अझै तीन वर्षको रहेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?