+
+

इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन १५ गते १४:४४

१५ साउन, इटहरी । सुनसरीको इटहरी अस्पतालमा २४ घण्टे आकस्मिक (इमरजेन्सी) सेवा सुरु भएको छ ।

प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले आकस्मिक सेवाको उदघाटन गर्दै इटहरी आसपास र पहाडी जिल्लाका वासिन्दालाई पनि सेवा लिन इटहरी अस्पताल उपयुक्त हुने वताए ।

घिमिरेले इटहरी अस्पतालको स्तरोन्तीका लागि प्रदेश सरकारको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

त्यसैगरी इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले इटहरीको विकास र समृद्धिले केही समयमै नयाँ उचाई लिने दावी गरे ।

इटहरी अस्पतालबाट गत बर्ष ३७ हजार २० जनाले सेवा लिएका छन् । १५ सैय्याको अस्पताललाई सुविधासम्पन्न ट्रमा सेन्टरसहित ५० सैय्याको अस्पताल बनाउने इटहरी उपमहानगरले लक्ष्य राखेको छ ।

विसं. ०२४ सालमा स्वास्थ्य चौकीका रुपमा स्थापना भएर ०५३ सालदेखि प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा सञ्चालित यो सरकारी स्वास्थ्य संस्था ०७५ साल साउन १ गतेदेखि इटहरी अस्पतालमा रुपान्तरण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?