+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

निर्णय पुनर्विचार गर्न पाकिस्तानलाई भारतको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २३ गते १५:५६

२३ असार, काठमाडौं । भारत सरकारले राजनीतिक सम्बन्ध सीमित बनाउने र व्यापारिक सम्बन्ध अन्त्य गर्ने निर्णय पुनर्विचार गर्न पाकिस्तानलाई आग्रह गरेको छ ।

निर्णय गर्दा पाकिस्तानले जुन कारण अघि सारेको छ, त्यो तथ्यसँग मेल नखाएको भारतको दाबी छ ।

भारतले जम्मू कश्मीरलाई विशेष राज्यको दर्जा अन्त्य गर्ने गरी संविधानको ३७० अनुच्छेद निष्प्रभावी बनाएपछि पाकिस्तानको उच्चस्तरीय बैठकले राजनीतिक सम्बन्ध सीमित बनाउने र व्यापारिक सम्बन्ध अन्त्य गर्ने निर्णय गरेको थियो ।

बिहीबार भारतीय विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै पाकिस्तानको निर्णयप्रति खेद व्यक्त गरेको छ । उसले भनेको छ, ‘हामी पाकिस्तानलाई फैसला पुनर्विचार गर्न अपील गर्छौं ताकि कूटनीतिक सम्पर्कको सामान्य प्रवाह बचिरहोस् ।’

जम्मू कश्मीरको विकासको उद्देश्यले अनुच्छेद ३७० बारे निर्णय लिइएको भन्दै भारतीय विदेश मन्त्रालयले यसलाई नकारात्मक रुपमा नलिन आग्रह गरेको छ ।

यो भारतको आन्तरिक मामिला भएको भन्दै उसले डर देखाएर हस्तक्षेपको प्रयास नगर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?