+
+

नीता र मिरुनाको ‘साइनो’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २४ गते ११:२५

आजबाट नयाँ नेपाली चलचित्र ‘साइनो’ रिलिज भएको छ । नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा तयार भएको यो चलचित्रको आज बिहान काठमाण्डौको कुमारी हलमा प्रेस शो समेत आयोजना गरिएको छ ।
प्रेस शोमा चलचित्रका कलाकार र पत्रकारले चलचित्र हेरे । चलचित्र हेर्नका लागि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल पनि कुमारी हल पुगेका थिए । यस्तै, निर्देशक दीपाश्री निरौलाले पनि चलचित्र हेरिन् ।

रमेश थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा नायिका मिरुना मगर, नीता ढुंगानाको साथमा नव–कलाकार राजकुमार लगायतको मुख्य भूमिका छ । चलचित्रका सह–निर्माता शरण थापा हुन् । चलचित्र ‘साइनो’लाई पारिवारिक कथामा तयार पारिएको छ ।

जेठ महिनामा रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’पछि कुनै पनि चलचित्रले गतिलो व्यापार गरेका छैनन् । यसैले, पनि ‘साइनो’को व्यापार प्रतिक्षित बनेको छ । यस्तै, हिट चलचित्र खोजिरहेकी नायिका मिरुना मगरका लागि पनि यो चलचित्र चल्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?