+

चेल्सीको पोष्टमा म्यान्चेस्टर युनाइटेडको चार गोल

२०७६ साउन  २७ गते ६:४९ २०७६ साउन २७ गते ६:४९
चेल्सीको पोष्टमा म्यान्चेस्टर युनाइटेडको चार गोल

२७ साउन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले शानदार सुरुवात गरेको छ ।

आइतबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले चेल्सीलाई ४-० गोलअन्तरले पराजित गर्दै शानदार सुरुवात गरेको हो । चेल्सी भने आफ्नो पहिलो खेलमै लज्जास्पद हारको सिकार बन्यो ।

म्यान्चेस्टर युनाइटेडको जितमा मार्कुस राष्फोर्डले दुई गोल गर्दा एन्थोनी मार्सियल र ड्यानियल जेम्सले समान १-१ गोल गरे ।

खेलको १८औं मिनेटमा नै राष्फोर्डले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा उनकै गोलले म्यान्चेस्टर युनाइटेडले अग्रता लिएको थियो ।

खेलको ६५औं मिनेटमा एन्थोनीले गोल गरेपछि चेल्सीविरुद्ध युनाइटेड दोब्बर अग्रताले अघि रहेको थियो । त्यसको दुई मिनेटपछि नै अर्थात ६७औं मिनेटमा राष्फोर्डले अर्को गोल थप्दै युनाइटेडलाई ३-० गोलको अग्रता दिलाए ।

८१औं मिनेटमा जेम्सले गोल गरेपछि युनाइटेडले चेल्सीलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

6 Stories
मकैको च्याख्ला उत्तम कि चामल ?

मकैको च्याख्ला उत्तम कि चामल ?

- अनलाइनखबर २०८१ असोज १० गते १४:४१
7 Stories
७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

७ गन्तव्य, दशैंमा घुम्न कहाँ जाने ?

- अनलाइनखबर २०८१ असोज ६ गते १७:५०
4 Stories
सृष्टिको बिकिनी अवतार

सृष्टिको बिकिनी अवतार

- अनलाइनखबर २०८१ असोज ६ गते १७:११
6 Stories
भिटेनको ट्याटुमा के छ ?

भिटेनको ट्याटुमा के छ ?

- अनलाइनखबर २०८१ असोज ६ गते १६:३८
5 Stories
५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

५ लक्षण, जसले मिर्गौला खराब भएको बताउँछ

- अनलाइनखबर २०८१ असोज ६ गते १६:१२