+
+

कांग्रेस नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते ९:११
Photo Credit : onlinekhabar/File

२७ साउन, काठमाडौं । अस्वस्थ भएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

उच्च ज्वरो आएपछि ६३ वर्षीय सिंह मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । स्वास्थ्य परीक्षणको क्रममा युरिन इन्फेक्सन र हाई सुगर भएको पत्ता लागेको थियो ।

आठ दिनको अस्पताल बसाइपछि स्वास्थ्यमा सुधार हुँदै गएको उनका सहयोगी यूपी लामिछानेले जानकारी दिए । ‘स्वास्थ्यमा धेरै सुधार भइसकेको छ, सम्भव भए आजै, नभए भोलि अस्पतालले डिस्चार्ज गर्छ होला,’ उनले भने ।

ज्वरो आएपछि चार दिनसम्म घरमै आराम गरे पनि निको नभएपछि सिंहलाई अस्पताल लगिएको थियो । उनलाई डा. मिमी गिरीको नेतृत्वको टिमले उपचार गरिरहेको छ ।

काठमाडौं क्षेत्रनम्बर १ का सांसदसमेत रहेका सिंह अस्पताल भर्ना भएको जानकारी पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु सिंहलाई भेट्न अस्पताल पुगेका थिए ।

यसैगरी कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले फोन गरेर र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, नेकपाका नेता बामदेव गौतमलगायतका नेताहरुले भेटेरै स्वास्थ्यबारे जानकारी लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?