+
+

शिक्षण अस्पतालको मनमोहन ट्रान्सप्लान्ट सेन्टरमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २७ गते २०:११

२७ असार, काठमाडौं । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार साँझ आगलागी भएको छ ।

सेन्टरको चौथो र पाँचौं तल्लामा लागेको आगो नियन्त्रणमा लिइएको छ । काठमाडौं महानगरपालिकाबाट आएका तीन दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको महाराजगञ्ज प्रहरी वृत्तले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । अस्पताल प्रमुख तथा विभागीय प्रमुखहरुको कोठाबाट सुरू भएको आगलागीबाट मेट्रोनको कार्यकक्ष तलगायतमा क्षति पुगेको बताइएको छ ।

क्षतिको थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?