Comments Add Comment

पवन चाम्लिङलाई धक्का, १० विधायक भाजपा प्रवेश

२८ साउन, काठमाडौं । सिक्किम डेमोक्रेटिक पार्टी (एसडीएफ)का १० विधायक भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेका छन् । यसले एसडीए प्रमुख एवं पूर्वमुख्यमन्त्री पवन चाम्लिङलाई ठूलै धक्का लागेको छ ।

भाजपाका कार्यबाहक अध्यक्ष जेपी नायडू र महासचिव राम माधवको उपस्थितिमा एसडीएफका सांसदहरु पार्टी प्रवेश गरेका हुन् ।

अहिले भारतमा सिक्किम मात्र एउटा प्रदेश हो, जहाँ भाजपाको सरकार छैन ।

सिक्कम विधानसभा ३२ सदस्यीय छ, सिक्किम क्रान्तिकारी मोर्चाले १७ सिट जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment