+
+

सामाजिक बहिस्कारमा परेका वृद्धलाई गाउँ फर्काउन मुख्यमन्त्रीको पहल

ध्रुव भट्टराई ध्रुव भट्टराई
२०७६ भदौ ३ गते २२:५६

३ भदौ, विराटनगर । दलित समुदायसँगको सहभोजपछि सामाजिक बहिस्कारमा परेका वृद्धले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसमक्ष न्यायको याचना गरेका छन् ।

खोटाङ सदरमुकाम दिक्तेत–१ कोलेबारीका ७६ वर्षीय वृद्धा टंकप्रसाद आचार्य गाउँमा सहभोजपछि आफन्तबाटै सामाजिक बहिष्कारमा परेको भन्दै ९ दिनअघि विराटनगर झरेका थिए । मंगलबार मुख्यमन्त्री राईसँग भेटेर उनले आफू अन्यायमा परेको गुनासो गरेका हुन् ।

समाजले बहिस्कार गरेपछि आफ्नो बाँच्ने आधार सकिएको आचार्यले बताए । उनले मुख्यमन्त्रीसँग भने ‘सहभोज गरेकै निहुँमा ममाथि विभेद गर्नेलाई कारवाही होस् नत्र मैले सहभोज गरेर गल्ती गरेको भए मेरो घाँटी रेटियोस् ।’

मुख्यमन्त्री राईले कानूनीरुपमा नै जातीय विभेद अन्त्य भइसकेको अवस्थामा आचार्यले गरेको काम प्रशंसनीय रहेको बताए । मुख्यमन्त्री राईले आफन्तबाटै सामाजिक बहिस्कार गरिएका आचार्यलाई एक साताभित्र स–सम्मानका साथ खोटाङ फर्काउने आश्वासन पनि दिएका छन् ।

मुख्यमन्त्री राईले खोटाङका प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायलाई टेलिफोन गरी आचार्यलाई खोटाङ फर्काउने वातावरण बनाउन पनि निर्देशन दिएका छन् ।

‘कुनै पनि बहानामा कानूनले जातीय विभेद गर्न पाइँदैन,’ मुख्यमन्त्री राईले भने, ‘सीडीओ साब तपाईले आचार्य बालाई स–सम्मान फर्काउने कामको पहल तत्काल थाल्नुपर्‍यो ।’

मुख्यमन्त्रीको कार्यालयलाई आचार्यले लिखित रुपमा आफूमाथि सामाजिक बहिस्कार गर्नेलाई आवश्यक कारबाहीको माग गर्दै निवेदनसमेत दिएका छन् ।

जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको सहभोजमा आफू सहभागी भएको कारण देखाउँदै छिमेकी दाजुभाइले आफूलाई बहिस्कार गरेको आर्चायको दाबी छ ।
गत जेठ १८ गते जिल्ला समन्वय समितिको आयोजनामा दिक्तेल नगरपालिकाको १ नम्बर वडाको डाँडाखर्चमा सहभोज आयोजना गरिएको थियो । उक्त सहभोजमा आचार्य पनि सहभागी भए । उनले सहभोजमा एक दलित बालिकाले दही दिएको दही खाएका थिए । सोही दिनदेखि वृद्ध आचार्यलाई दाजुभाइ र समाजले अघोषित बहिस्कार गरेको उनको भनाइ छ ।

२ छोरा, ३ छोरीका बाबु उनी गाउँका सामाजिक कार्यकर्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?