
४ भदौ, काठमाडौं । एक समय भारतका फास्ट बलर श्रीशान्तले राहत पाएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले उनको आजीवन प्रतिबन्धलाई सात वर्षमा झरेको छ ।
सन् २०१३ को आईपीएलमा फिक्सिङमा दागाी ठहर भएका उनको प्रतिबन्ध १३ सेप्टेम्बर २०२० मा सकिनेछ । श्रीशान्तले पनि प्रतिबन्ध हटेपछि रणजी ट्रफी खेल्ने र भारतको राष्ट्रिय टिमको ढोका ढकढक्याउने बताएका छन् ।
आशिष नेहराले ३८ वर्षको उमेरमा टी–२० विश्वकप २०१६ खेलेको स्मरण गर्दै उनले क्रिकइन्फोसँग भनेका छन्, ‘म ३६ को भए । पुनरागमनका लागि मैले अझै एक वर्ष पर्खिनुपर्ट । तर मलाई लाग्छ उमेर सबथोक होइन ।’
आफू फास्ट बलर भएको र रहने भन्दै उनले अझै ५ वर्ष क्रिकेट नछाड्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4