+

रोजर फेडेरर यूएस ओपनको दोस्रो चरणमा प्रवेश

२०७६ भदौ  १० गते १३:३१ २०७६ भदौ १० गते १३:३१
रोजर फेडेरर यूएस ओपनको दोस्रो चरणमा प्रवेश

१० भदौ, काठमाडौं । पूर्व विश्व नम्बर एक खेलाडी रोजर फेडेरर युएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । न्युयोर्कमा भएको खेलमा भारतीय खेलाडी सुमित नगाललाई चौथो सेटमा पराजित गर्दै स्वीट्जरल्यान्डका ३८ वर्षीय फेडेरर दोस्रो चरण प्रवेश गरेका हुन् । फेडेररले सुमितलाई ४–६, ६–१, ६–२ र ६–४ को सेटमा पराजित गरेका हुन् ।

२० पटकको ग्रान्ड स्लाम विजेता फेडेररले अब दोस्रो चरणमा बोसनियाका डमिर डिजुम्हुरसँग प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच पनि यूएस ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेका छन् । जोकोभिचले स्पेनिस खेलाडी रोबेर्टो कार्बलेस बेइनालाई ६–४, ६–१ र ६–४ को सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । ३२ वर्षीय सर्वियन खेलाडी जोकोभिचले अब दोस्रो चरणमा अर्जेन्टिनाका जुहान लोन्डेरोसँग प्रतिस्पर्धा गर्नेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय