+
+

अख्तियारले समायो घुससहित बाराबाट एक जना पूर्व कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १७:३२

१६ भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय बाराका एक जना पूर्व कर्मचारीलाई घुस रकमसहित सोमबार नियन्त्रमा लिएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय बाराकाको मुद्दा फाँटका पूर्व करार कर्मचारी हरिमोहन सिंह क्षेत्रीले सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिँदै गरेको समयमा पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

जग्गा सम्बन्धी कागजात रोकेर राखिदिने भन्दै बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा हेटौडाबाट खटिई गएको आयोगको टोलीले उनलाई नियन्त्रणमा लिएको कोइरालाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?