Comments Add Comment

फिल्म नचल्दा हच्किइन् शिल्पा

चलचित्र क्षेत्रलाई राम्रैसँग प्रवेश गरेकी नायिका हुन्, शिल्पा मास्के । उनको कुरा गराइले पनि उनी यो क्षेत्रप्रति र आफ्नो कामप्रति गम्भिर रहेको वुझ्न सकिन्छ । तर, शिल्पा अभिनित ३ वटा चलचित्र नै नचल्दा उनलाई समस्या परेको छ । यो समस्याले उनको करिअरमा पनि असर गरेको छ । चलचित्र ‘सानो मन’ समेत असफल भएपछि उनले चलचित्र साइन गर्न सकेकी छैनन् । किनकी, चलचित्रलाई वुझेर मात्र हुँदैन, टिम राम्रो नभई चलचित्र राम्रो बन्दैन ।

केही समयदेखि उनी चलचित्रको कामबाट टाढा छिन् । शिल्पा आफैले पनि आफू विश्राममा रहेको बताउँछिन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन्–‘चलचित्रबाट पछि हटेको नै भन्ने होइन । मैले बिश्राम लिएकी हुँ ।’

लगातार चलचित्र असफल भएपछि उनले केही समयको लागि चलचित्र क्षेत्रबाट टाढा हुन खोजेकी हुन् । अबको दिनमा चलचित्रमा काम गर्दा केही सतर्क हुनु पर्ने उनले बुझेकी छिन् । केही थप मिहिनेत र राम्रो टिम छानेर मात्र चलचित्रमा काम गर्ने मनसाय उनको छ ।

शिल्पा अहिले चलचित्रको टेन्सन र मिडियाको हेडलाइनमा पर्न नै चाहन्नन् । उनी अहिले नीजि जीवन जिउन चाहिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment