+
+

निजी चिकित्सक भन्छन् : प्रधानमन्त्री नियमित काम गर्न सक्नुहुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते २०:५४

२० भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उनको निजी चिकित्सकले बताएका छन् ।

स्वास्थ्य उपचारका लागि ५ भदौमा सिंगापुर गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किएका थिए । उनले विमानस्थलमा कुनै प्रतिक्रिया दिएनन् ।

निजी चिकित्सक डा. दिव्या सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल (एनयूएच) मा पूरा भएको बताएकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ ।’

प्रधानमन्त्री ओली १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए । २७ साउनमा फर्किएका उनले ट्वीट गर्दै आफू ठीक भएको बताए पनि निजी चिकित्सक वा सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका ओलीको २०६४ साउनमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसयता नियमित औषधि सेवन गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?