
२४ भदौ, काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचन हुने ३७ जिल्लाका १ सय ५४ वटा वडामा करिब साढे ४ लाख मतदाता रहेका छन् ।
निर्वाचन आयोगले १ सय ५४ वटा वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको जानकारी दिँदै यसमाथि दावी विरोध आह्वान गरेको छ ।
असोज १ गते हरेक वडामा रहेको सहायक नाम दर्ता अधिकारीको कार्यालयमा नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।
उक्त नामावलीमा दोहोरो नाम परेको हटाउने, त्रुटि भएको सच्याउने लगायतका काम गरी असोज १० गते जिल्ला निर्वाचन कार्यालयमा बुझाउने आयोगको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4