+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

लगानीका लागि कानुनी जटिलताको समाधान गर्छौं : मुख्यमन्त्री शाही

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २५ गते १७:३०

२५ भदौ, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीमा लगानीका लागि सबैखालका कानुनी जटिलताको सामाधान गर्ने बताएका छन् ।

नेपाल उद्योग परिसंघको आयोजनामा बुधबार राजधानी काठमाडौंमा भएको नेपाल पूर्वाधार सम्मेलनमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले स्थानीय तथा संघीय सरकारसँग समन्वय गर्दै सबै खालका कानुनी तथा संवैधानिक जटिलताको सामाधान गर्ने बताएका हुन् ।

कर्णालीमा जलविद्युत, कृषि, पर्यटन, पूर्वाधार तथा उद्योगका क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल प्राप्त हुने बताउँदै मुख्यमन्त्री शाहीले ढुक्कका साथ लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

मुनाफा र लगानी सुरक्षाको ग्यारेन्टी दिन प्रदेश सरकार तयार रहेको भन्दै मुख्यमन्त्री शाहीले कर्णालीमा निजी क्षेत्रको लगानी भित्रिनेमा आफू विश्वस्त रहेको बताए ।

अधिकांश हिमाली क्षेत्र, सबैभन्दा लामो कर्णाली नदी, रारा, शे-फोक्सुण्डो, तथा मनमोहक जंगली पाटनसहितको कर्णाली प्रदेशमा पर्यटन विकासको राम्रो सम्भावना रहेको उनले बताए ।

पूर्वाधार विकासमा पनि निजी क्षेत्रको लगानी आवश्यक रहेको बताउँदै मुख्यमन्त्री शाहीले कर्णाली र भेरी करिडोरमा द्रुतमार्ग, सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल, जलविद्युत उत्पादन तथा ४०० केभिएको विद्युत प्रशारण लाइन विस्तारमा पनि निजी क्षेत्रले लगानी गर्न सक्ने बताए ।

मुख्यमन्त्री शाहीले कर्णालीमा रहेका ठूलाठूला चरण क्षेत्र उपयोग गरी मासुजन्य तथा दुग्धजन्य पशुपालन, माछापालन, औषधीय गुणसहितको अर्गानिक अन्न तथा फलफूल उत्पादका क्षेत्रमा निजी क्षेत्रले लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्ने धारणा राखे ।

बहुमूल्य यार्सालगायतका जडीवुटीको भण्डारका रुपमा रहेको कर्णालीमा जडीवुटी प्रशोधन उद्योग, ग्याँस तथा धातुजन्य खनिज उद्योग, सिमेण्ट उद्योगका क्षेत्रमा पनि लगानी गर्न सकिने उनको भनाइ छ ।

निजी क्षेत्रको लगानी विना विकास र समृद्धिको लक्ष्य हाँशील गर्न असम्भव रहेको भन्दै मुख्यमन्त्री शाहीले तीव्र विकाससहित समृद्धि हासिल गर्ने प्रदेश सरकारको अभियानमा हातेमालो गर्न निजी क्षेत्रलाई आहृवान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?