+
+

वडाअध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी, ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २८ गते २:१२

२७ भदौ, काठमाडौं । बाँकेमा नेपाली कांग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्नेविरुद्ध परिवारले किटठानी जाहेरी दिएको छ ।

बिहीबार नेकपा कार्यकर्ताको आक्रमणमा कोइरालाको हात भाँचिएपछि छोराले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्लसहितविरुद्ध किटानी जाहेरी दिएका हुन् । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग गरेको परिवारको आरोप छ ।

वडाअध्यक्ष मल्लविरुद्ध पनि जाहेरी परेको बाँकेका प्रहरी प्रवक्ता डीएसपी शिवकुमार सिंहले पुष्टि गरे । ‘वडाअध्यक्षविरुद्ध पनि जाहेरी परेको छ, हामी अनुसन्धानमै छौं’ उनले भने ।

परिवारको जाहेरीको आधारमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । खजुरा गाउँपालिका १ का रोशन सिंह ठकुरी, लोकबहादुर शाही र निर्मल सिंह खत्रीलाई नियन्त्रणमा लिएको डीएसपी सिंहले जानकारी दिए ।

बाँके जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए । घटनामा बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका कांग्रेसले जनाएको छ ।

[

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?