+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अरुण दुर्घटना अपडेट : बेपत्ता भेटिएनन्, खोजीका लागि गोताखोर पर्खिंदै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १ गते ११:०६

१ असोज, विराटनगर ।  अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या भएको छ । निरन्तरको वर्षाका कारण धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट ६ जना यात्रुसहित अरुण नदीमा खसेको जीपको खोजी गर्न समस्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासाभाका प्रहरी निरीक्षक सन्तोषकुमार राईले घटनास्थल आसपास स्थानीय र प्रहरी पुगे पनि खोजी कार्य अघि बढाउन नसकिएको जानकारी दिए । ‘कच्ची सडकबाट जीप अरुण नदीको दहमा खसेको देखिन्छ’, घटनास्थलमा रहेका राईले भने, ‘यहाँबाट खोज्न सक्ने अवस्था छैन्, माथिबाट गोताखोरको टोली मगाएका छौं ।’

मौसम खराबीका कारण गोताखोरको टोली आउन पनि समस्या भएको उनले बताए ।

मंगलबार राति अन्दजी १० बजे को १ ज ३७४९ नम्बरको बोलेर जीप धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खसेको थियो । संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ महिने बिरामी छोरालाई लिएर आउँदै गरेको जीप नदीमा खस्दा श्रेष्ठकी श्रीमती र छोरासहित ६ जना हराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?