 
																			५ असोज, गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर आइतबार एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुरु गाउँपालिका– १ रिडीका १२ वर्षीय पवन अधिकारी रहेको गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।
विद्यालयबाट घर फर्कने क्रममा बाटोमा उनलाई अरिङ्गालले टोकेको थियो । अरिङ्गालको गोला रहेको रुखलाई बाँदरले हल्लाउँदा अरिङ्गालले बालकलाई टोकर घाइते बनाएको प्रहरीले जनाएको छ ।
घाइते बालकलाई उपचारका लागि पाल्पा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैबीच गुल्मीमै खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धुर्कोट गाउँपालिका–२ पिलधाराका ६४ वर्षिय भिमबहादुर कुँवरलाई पानाहा खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । कुँवरलाई शनिवार साँझ पनाहा खोला तर्ने क्रममा बगाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4