+
+

औषधि व्यवस्था विभागको महानिर्देशक पदमा ढकाल   

रासस रासस
२०७६ असोज ७ गते १३:४०

७ असोज,  काठमाडौं । औषधि व्यवस्था विभागको महानिर्देशक पदमा पुन: नारायण ढकालले कार्यभार सम्हालेका छन् । सर्वाेच्च अदालतको अन्तरिम आदेश अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई महानिर्देशक पदको कार्यभार सम्हाल्न पत्र दिएको हो ।

महानिर्देशक ढकालले भने, ‘मैले महानिर्देशक पदको जिम्मेवारी असोज ५ गते आइतबारदेखि सम्हालेको छु । म पुनः काममा फर्किएको छु ।’

स्वास्थ्यसेवा तर्फको कर्मचारी समायोजन अन्तर्गत मन्त्रालयले ११ औँ तहमा कार्यरत उनलाई राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखमा पदस्थापना गरेको थियो ।

उनले मन्त्रालयको सो निर्णय कार्यान्वनयन रोक्न माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । साउन २१ गते रिटमाथि सुुनुवाइ हुँदा सो निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वाेच्चले आदेश दिएको थियो ।

मन्त्रालयले दशौं तहका पानबहादुर क्षेत्रीलाई यसअधि निमित्त महानिर्देशकको जिम्मेवारी दिएको थियो । सर्वाेच्च अदालतको अन्तरिम आदेश आएको करीब दश दिनसम्म मन्त्रालयले उहाँलाई जिम्मेवारीको पत्र दिन ढिलाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?