+
+

आकस्मिक जीवन रक्षक औषधिको सूची परिमार्जन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ३० गते १९:१३

३० फागुन, काठमाडौं । सरकारले आकस्मिक जीवन रक्षक औषधिको सूची परिमार्जन गरेको छ । नयाँ रोग र औषधिको विकास भइरहेकाले अत्यावश्यकीय औषधिको सूची परिमार्जन गरिएको औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।

आकस्मिक जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने १९१ थरीका औषधि, अर्फान रोगका लागि ५५ र बेवास्ता गरिएको रोगको उपचारमा २० थरीका औषधि नेपालमा सूचीकृत भएका छन् । यसभन्दा अगाडि अतिआवश्यक औषधि भनेर मात्रै छुट्याउने गरिएको थियो ।

सबैभन्दा धेरै लाग्ने रोगको आधार वा सर्वसुलभ र गुणस्तरीयतालाई मध्यनजर गर्दै अत्यावश्यकीय औषधिको सूची तयार गरिएको केसीले बताए ।

अन्तर्राष्ट्रिय मापदण्ड तथा नेपालका विज्ञका छलफल गरेर सूची तयार भएको विभागले जनाएको छ । औषधिको यो सूची राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

औषधिको सूची तयार भएकाले दर्ता प्रक्रियामा सहज र सरकारको प्रथामिकतामा पर्ने केसी बताँउछन् । सरकारले उपलब्ध गराउने विभिन्न निःशुल्क औषधि पनि यसै अन्तर्गत पर्ने विभागले जनाएको छ । यसभन्दा अगाडि अत्यावश्यकीय औषधिको सूचीमा ३ सय ५९ वटा औषधिहरु रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?