+
+

पिसिए हङकङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै आपुन के

अनोज रोक्का, हङकङ अनोज रोक्का, हङकङ
२०७८ पुष २ गते १५:०५

हङकङमा सम्पन्न हुन गईरहेको पिसिए बडि बिल्डिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै आपुन के (भोटे) सहभागी हुने भएका छन् । यहि अक्टोबर २४ तारिकका दिन कैलन वे मा सम्पन्न हुन गईरहेको प्रतियोगितामा आपुन के मास्टर र ७५–८० किलो तौल क्याटोगोरी अन्तर्गतका खेलमा सहभागी हुनेछन् ।

हरेक बर्ष आयोजना गरिने प्रतियोगिता कोरोना कहरका कारण २ बर्षपछि आयोजना हुँदैछ । प्रतियोगितामााहङकङ, चीन, ताईवान, मलेसिया लगायतका देशहरुले सहभागी जनाउने छन् ।

दैनिक ५ देखि ८ घण्टा लगातार प्रशिक्षणमा ब्यस्तआपुन के करियरकै उत्कृष्ट प्रतियोगितामा सहभागी हुन लागेको बताउँछन् । उनी भन्छन् समय हाम्रो नियन्त्रणमा छैन । उमेरगत हिसावले पनि अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर कम छ । अन्तराष्ट्रिय मञ्चमा पदकका साथ आफ्नो देशको गौरव बढाउँने अवसर पाएकोमा आफुलाई भाग्यशाली ठानेको उनी बताउँछन् ।

सन् २००४ बाटै थाई बक्सिङका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुँदै बडिबिल्डिङमा प्रवेश गरेका थिए आपुन के ।

दर्जन बढि अन्तराष्ट्रिय बडिबिल्डिङ प्रतियोगितामा सहभागीता जनाईसकेका उनले सन् २०१० मा हङकङ च्याम्पियनसिपमा सेकेन्ड रनरअप, ४औ हिमालय राष्ट्रिय प्रतियोगिता नेपालमा हेवी वेट क्याटोगोरीमा दोश्रो, १२औ धर्मश्री नेपालमा आफ्नो वेट क्याटोगोरीमा दोश्रो, ४८औ एसिया बडिबिल्डिङ च्याम्पियनसिप, ५०औ एसिया च्याम्पियनसिप जापान, वल्र्ड च्याम्पियनसिप स्पेन लगायतमा आफ्नो कौशल प्रस्तुत गरिसकेका छन् ।

पर्वत भोक्सिङ नेपाल घर भएका आपुनके समाजसेवामा पनि निरन्तर लागिरहेका छन् । ‘स्वास्थ्यको लागि पनि शारिरीक तन्दुरस्तीआवश्यक छ, जितकै लागिमञ्चमा चढ्दैछु, हारजीतदुवै स्विकार्य छ, तर आफ्नो मनोवल उच्च बनाएको छु’ उनी थप्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?