+
+

फेरियो रातो मत्स्येन्द्रनाथको धमा (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७८ चैत २ गते १७:४८

२ चैत, काठमाडौं । ललितपुरमा हुने रातो मत्स्येन्द्रनाथको धमा फेरिएको छ । सामान्यतया १२ वर्षमा परिवर्तन गरिने धमा यसपटक भने ६ वर्षमा नै फेरिएको हो । पुसमा काटिएको रुख ल्याएर गत साता मात्रै ललितपुर ल्याएर क्षमा पूजा गरी मिलाउन सुरु गरिएको हो ।

सामान्यतया हरेक वर्ष परिवर्तन नगरिने धमामा क्षति पुग्नु हुँदैन भन्ने मान्यता छ । तर यो वर्ष धेरै जीर्ण भएकाले परिवर्तन गरिएको पाटनको तलेजु मन्दिरका पुजारी रक्षण राजोपाध्यायले जानकारी दिए । उनका अनुसार क्षति नपुगेको अवस्थामा यो १२ वर्षमा परिवर्तन गरिन्छ । तर यसपटक ६ वर्षमा नै धमा परिवर्तन गरिएको उनी बताउँछन् ।

२०५० सालमा धमा भाँचिएर तीन टुक्रा भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जन बताउँछन् । त्यसबेला धमा भाचिंदा दासढुंगा काण्ड लगायत ठूला राजनीतिक उथलपुथल भएको उनी बताउँछन् ।

रातो मत्स्येन्द्रनाथको रथ बनाउने काम चैत अन्तिम साता महास्नान सकेपछि मात्रै सुरु गरिन्छ । यो उपत्यकामा मनाइने जात्रामध्ये सबैभन्दा लामो जात्रा हो ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?