+
+

धनुषाबाट चाँदीसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १२ गते १२:४८

१२ असोज, जनकपुरधाम । नेपालबाट भारत तर्फ चाँदी लैजाँदै गरेको अवस्थामा धनुषाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधामस्थित ठाकुर ज्वेलर्सका सञ्चालक सुरेश ठाकुर र भारतको बिहार राज्य अन्तर्गत मधुवनीका धिरज ठाकुर रहेका छन् ।

बा.११ च. १२५० नम्बरको टाटा सुमोबाट धनुषाको जटही हुँदै भारततर्फ जाँदै गर्दा शनिबार राति चेकजाँचका क्रममा उनीहरुको साथबाट ७ किलो चाँदी बरामद भएको धनुषा प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै महोत्तरीको पिपरा गाउँपालिका ५ सहरबा बस्ने ३० बर्षीय भरत कुमार साहलाई सशस्त्र प्रहरीको टोलीले १८ किलो चाँदीसहित जनकपुरधामको बसविट्टीबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?