Comments Add Comment

बुढानीलकण्ठलाई बीएमके बास्केटबल उपाधि

१२ असोज, काठमाडौं । बुढानीलकण्ठले पाँचौं बीएमके खुला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । चण्डोलस्थित आयोजक विशाल मिलन केन्द्र (बीएमके) को कोर्टमा भएको फाइनलमा बुढानीलकण्ठले कीर्तिपुरलाई ६३–४२ ले पराजित र्‍यो ।

बुढानीलकण्ठका रुपेश नापितले १९ अंक जोडे । बुढानीलकण्ठबाट कप्तान विराज राणाले १६ तथा कृष मेडेवसले ८ अंक जोडे । कीर्तिपुरका पारस योञ्जनले १६ स्कोर गरे । समूह ‘ए’ मा रहेको बूढानीलकण्ठले लिगमा आयोजक बीएमके, गोल्डेनगेट र आइस वाकरलाई पराजित गरेको थियो भने एसडीसीबाट वाक ओभर पाएको थियो ।

त्यस्तै बुढानीलकण्ठले एनसीएचएसलाई हराएको थियो । विजेताले ४० हजार तथा उपविजेताले २० हजार नगद पुरस्कार हात पारे । बुढानीलकण्ठका रुपेश नापित ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले ५ हजार नगद पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment