+
+

भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिप्रति क्रान्तिकारी माओवादीको बिरोध

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १२:३२

१३ असोज, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति नेकपा (क्रान्तिकारी माओवादी)ले बिरोध जनाएको छ ।

पार्टीका महासचिव मोहन बैद्य किरणले सोमबार विज्ञप्ति प्रकाशित गरी मोदीले गौतम बुद्ध भारतमा जन्मिएको सन्देश दिने अभिव्यक्ति दिएको भन्दै बिरोध जनाएका हुन् ।

यही सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए ।

साथै विज्ञप्तिमा आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन प्रधानमन्त्री मोदीलाई अनुरोध गरिएको छ ।

‘भाषणमा भारतले विश्वलाई बुद्ध दिएको छ भन्ने आपत्तिजनक वाक्यांश प्रयोग गरिएकोमा हामी त्यसको दृढ बिरोध गर्छौं,’ विज्ञप्तिमा अघि लेखिएको छ, ‘अब आइन्दा यस्ता अभिव्यक्ति नदिन पनि भारतका प्रधानमन्त्रीसित अनुरोध गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?