+
+

एनआईसी एशिया बैंककोे नयाँ शाखा काठमाडौंको अनामनगर र चितवनको सौराहामा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १९:२८

१३ असोज, काठमाडौं । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा आश्विन १३ गतेदेखि सञ्चालनमा आएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाको उद्घाटन लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले गरे । आजै चितवनको रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरे ।

यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?