+
+

पार्क भिलेजमा बुटिक हल, ४ सय जनासम्म अट्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज १३ गते १०:४१

१३ असोज, काठमाडौं । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टले बुटिक हल थप गरेको छ । ५० जनादेखि ४ सय जना सम्म अट्ने हल संचालनमा ल्याइएको रिसोर्टले जानकारी दिएको छ ।

दरबार हल नाम दिइएको यो हल ४ हजार स्क्वायर फिट क्षेत्रफलमा फैलिएको छ । अत्याधुनिक सुविधा सम्पन्न हलका रुपमा दरबार हल निर्माण भएको रिसोर्टले उल्लेख गरेको छ ।

हलमा माइस पर्यटनसँग सम्बन्धित विभिन्न इभेन्टहरु आयोजना गर्न सकिने कम्पनीको भनाई रहेको छ । प्रदर्शनी, सेमिनार, बैठक, साधारण सभा, पत्रकार सम्मेलन, विहे व्रतबन्धलगायत अन्य औपचारिक कार्यक्रमका लागि स्तरीय हल निर्माण गरिएको कम्पनीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?