+
+

धनगढीमा पर्यटक बढाउन बाल उद्यान सञ्चालनमा  

रासस रासस
२०७६ असोज १७ गते १४:१३

१७ असोज, कैलाली ।  धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सारमा करीब ३ करोड रुपैयाँको लागतमा निर्माण गरिएको बाल उद्यान शुक्रबारबाट सञ्चालनमा आएको छ ।

नेपाल भारत सिमानाका नजीकै दुई वर्षपहिले रु १५ करोडको लागतमा सञ्चालनमा आएको धनगढी फन पार्क परिसरभित्रै उक्त बाल उद्यान सञ्चालनमा ल्याइएको हो । सुदूरपश्चिम प्रदेशमै पहिलो पटक यति ठूलो लगानीमा सञ्चालित फन पार्कभित्रै बाल उद्यानको स्थापना गरिएपछि धनगढीमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि हुने अपेक्षासहित बाल उद्यान सञ्चालनमा ल्याइएकोे सञ्चालक श्याम विष्टले जानकारी दिए ।

सञ्चालक विष्टले चारपाँच महीनाको अवधिमा मात्रै २० हजारभन्दा बढी पर्यटक भित्रिएको जानकारी दिँदै बाल उद्यान शुरु भएपछि यो सङ्ख्यामा अझै उल्लेखनीय वृद्धि हुने बताए । सीमानाकास्थित फनपार्कमा आउने अधिकांश पर्यटक भारतीय पर्यटक रहेका अर्का सञ्चालक धर्मपालसिंह रावतले बताए ।

फनपार्कमा भारतको पलिया, लखनऊ, कानपुर, साजनपुर, पिलिभित लगायतका शहरबाट पर्यटक आउने गरेका छन् । अहिलेसम्म पर्यटकहरू जल विहार गर्न मात्रै आउने गरेका जानकारी दिँदै सञ्चालक विष्टले भने, “आगामी दिनमा बाल उद्यानमा रमाउन आउने पर्यटकको सङ्ख्या बढ्दै जाने विश्वास लिएका छौँ ।”

बाल उद्यानमा ड्यासिङ कार, डुङ्गा, रोटेपिङ, चर्का, ब्रेक डान्सलगायत मनोरञ्जन लिन सकिने आधुनिक साधन छन् । आजबाट औपचारिक रुपमा सञ्चालमा आएको बाल उद्यानको पहिलो दिन आज प्रवेश निःशुल्क व्यवस्था गरिएको छ । शनिबारबाट प्रतिव्यक्ति रु ५० प्रवेश शुल्क लाग्ने बताइएको छ । नेपाल सरकारले भम्रण वर्ष २०२० मनाइरहेका बेला निजी क्षेत्रबाट भएका यस्ता प्रयासले भ्रमण वर्ष सफल बनाउन ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?