+
+

अर्घाखाँची दुर्घटनाः मृत्यु हुने एकको सनाखत, दुई घाइतेको अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २० गते १७:२४

२० असोज, बुटवल । अर्घाखाँचीको नरपानीमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मत्यु भएको छ । ६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अबस्था गम्भीर छ ।

कपिलवस्तुको गोरुसिंगेबाट सन्धिखर्क जाँदै गरेको लु १ ज ४३२९ नम्बरको जीप सन्धिखर्क नगरपालिका वडा नम्बर–६ नरपानी नजिकै सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

घटनामा मृत्यु हुनेमा अर्घाखाँचीको ढाकाबाङ्ग पहाड घर भइ हाल दाङ्ग लमही बस्दै आएका ५० वर्षीय घनश्याम खनाल छन् भने मृत्यु हुने एक÷एक जना महिला र पुरुषको सनाखत भइसकेको छैन ।

अर्घाखाँची प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टका अनुसार घाइते हुनेमा जीप चालक कपिलवस्तु, बुद्धभूमिका विरेन्द्र श्रेष्ठ, भूमिकास्थान–१०, धनचौरका उमेश रेग्मी, दाङ्ग लमही–५ की अनिता खनाल, बिन्दु खनाल, भूमिकास्थान–१० की सिमा रेग्मी र उनका १ वर्षीय छोरा आदित्य रेग्मी रहेका छन् ।

घाइतेमध्ये चार जनालाई उपचारको लागि चौराह अस्पताल बुटवल ल्याइँदैछ ।

जीप ओरालो सडकमा अनियन्त्रित भई सडकदेखि साढे तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । गाडी ‘ब्रेक फेल’ भएर दुर्घटना भएको चालक श्रेष्ठले बयान दिएका छन् ।

घटनस्थलमा पुगेर प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रहरी कार्यलयका डीएसपी विष्ट, सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक माधब रेग्मी लगायतले घाइतेको उद्दार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?