
साउथ इन्डियन चलचित्रका सुपरस्टार हुन्, विजय देवेरकोंडा । ‘अर्जुन रेड्डी, जर्सी, डिअर कमरेड’ जस्ता चलचित्रमा काम गरेका विजयलाई धेरैले रुचाएका छन् । उनको अभिनय र लुक्सयलाई लिएर धेरै चर्चा भइरहेको हुन्छ ।
हालै विजयले आफ्नो मन छुने चलचित्रको विषयमा बोलेका छन् । पछिल्लो समय बलिउड चलचित्र गल्ली ब्याईले मन छोएको उनले बताएका छन् । उनका अनुसार चलचित्र हेरेको दिन उनी निदाउन सकेका थिएनन् । चलचित्रको टिमलाई बधाई दिन भनेर उनले टिमको नम्बर पनि मागेका थिए ।
गल्ली ब्याईको मुख्य नायिका आलिया भट्टको कामबाट विजय निकै प्रभावित भएका थिए । आलियालाई फोन गरेर नै बधाई दिन विजयलाई मन थियो । त्यसैले निर्माता करण जोहरसँग विजयले आलियाको नम्बर मागेका थिए ।
विजय भन्छन्, ‘आलियाको कामले मेरो मन र दिमाग दुबै ठाउँमा स्थन बनाएको थियो । त्यसैले उसलाई बधाई दिन करणसँग नम्बर मागे र बधाई दिए ।’ अवसर मिले नायिका आलियासँग स्क्रिन नै सेयर गर्ने मन भएको विजय बताउँछन् ।
प्रतिक्रिया 4