+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

तरकारीको झोलामा लागूऔषध

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते ११:५९

२६ असोज, वीरगञ्ज । सशस्त्र प्रहरी बलले वीरगञ्जबाट अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका –१५ भेडियाही बस्ने २० बर्षका जितेन्द्र पासवान लागु औषध इन्जेक्सनसहित पक्राउ परेका हुन् ।

भारतको रक्सौलबाट वीरगञ्जतर्फ पैदल आउदै गर्दा पासवानले तरकारीको झोलामा लागूऔषध राखेर सुरक्षाकर्मीको आँखा छल्ने प्रयास गरेका थिए ।

उनको साथबाट लागूऔषध इन्जेक्सन डाइजेपाम, नुर्फिन र फेनारगन २÷२ सय थान फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक अमरबहादुर खत्रीले जानकारी दिए । ‘पासवानले बोकेको झोलामा माथिपट्टी घिरौला, प्याज र काउली तरकारी थियो’ उनले भने ‘तरकारीको मुनि लागूऔषध राखेको रहेछ ।’

सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म पर्साको टोलीले चेकजाँचको क्रममा शनिबार वीरगञ्ज–१६ स्थित भन्सार मूल गेटअगाडि सडक खण्डबाट उनलाई पक्राउ गरेको थियो । बरामद गरिएको लागू औषधसहित उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यसैगरी लागूऔषध नियन्त्रण ब्युरो पर्साबाट खटिएको प्रहरी टोलीले नाइट्राभेट ट्याबलेट ६ सय पिस र अनरेक्स २९ बोतल बरामद गरेको छ ।

वीरगञ्ज–२५ सिर्सियास्थित सडक खण्डमा भारतबाट नेपालतर्फ आउँदै गरेको ना. ११ प.३१८० नम्बरको मोटरसाइकल चालकले प्रहरी टोलीलाई देख्नेबित्तिकै मोटरसाइकल छोडेर भागेका थिए । मोटरसाइकलमा झुण्ड्याई राखेको कालो प्लाष्टिकको झोला खोलेर हेर्दा लागूऔषध नाइट्रोभेट र अनरेक्स फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?