+

शतप्रतिशत जितसँगै चितवन फाइनलमा

२०७६ कात्तिक  ३ गते १७:०० २०७६ कात्तिक ३ गते १७:००
शतप्रतिशत जितसँगै चितवन फाइनलमा

३ कात्तिक, काठमाडौं । समूह चरणमा शतप्रतिशत जितसँगै चितवन राइनोज वुमन्स च्याम्पियन्स लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा बिराटनगर टाइटन्सलाई ५३ रले हराउँदै चितवन फाइनलमा पुगेको हो । अब उसले बिराटगर र क्याट क्विन्स काठमाडौंबीच हुने इलिमिनेटरको विजेताले फाइनल खेल्नेछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा १२३ रनको लक्ष्य पछ्याएको बिराटनगरले १७.५ ओभरमा सबै विकेट गुमाएर ६९ रन मात्र बनाउन सक्यो । ज्योति पाण्डे र डोली भट्टले समान २१ रन बनाउनु बाहेक अरुले दोहोरो रन जोड्न सकेनन् । कविता गौतमले तीन विकेट लिइन् ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो । उसको सुरुआत राम्रो थियो । ओपनर काजल र कञ्चन श्रेष्ठले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरे ।

कञ्चन ३४ रनमा आउट भइन् । त्यसपछि भने चितवनले लगातार विकेट गुमाइरह्यो । काजल ३६, इन्दु बर्मा १७ र सुमन खतिवडा १० रनमा आउट भइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय