+
+

दाङमा दुई बस ठोक्किँदा २२ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ४ गते १९:०९

४ कात्तिक, दाङ । दाङको घोराहीमा दुईवटा बस आपसमा ठोक्किदा २२ जना घाइते भएका छन् ।

घोराहीबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही आउँदै गरेको लु १ ख ९६७९ नम्बरको बस घोराही लमही सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका ३ वर्गदुवा ठोक्किएको हो ।

दुर्घटनामा दुबै बसका गरी २२ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोद विक्रम शाहीले बताए । घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?