Comments Add Comment

मोरङबाट डेढ लाखको भन्सार छलीका सामान बरामद

६ कात्तिक, काठमाडौं। प्रहरीले मोरङको विभिन्न स्थानबाट भन्सार छलीका १ लाख ६१ हजार ६ सय ७० रुपैयाँ मुल्य बराबरको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा मोटर पार्टस्, लत्ताकपडा, भाँडावर्तन, पापड, सुपाडी, वदम लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ ।

मंगलबार बरामद गरिएका सो परिमाणको सामानहरु आवश्यक कारबाहीको लागि विराटनगरस्थित मुल भन्सार कार्यालय रानीमा बुधबार बुझाउने काम भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment