+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

‘घामड शेरे’ पोष्टपोन्डको असर ‘सरौतो’मा देखियो

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ८ गते १२:२३

कात्तिक २२ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र ‘सरौतो’ले आफ्नो रिलिज मितिलाई एक साता पछाडि सारेको छ । कात्तिक ८ गतेबाट कात्तिक २२ मा सरेको चलचित्र ‘घामड शेरे’को असर ‘सरौतो’मा परेको हो ।

चलचित्रका निर्देशक हरि हुमागाँइले वितरकसँग सल्लाहा गरेरै चलचित्रको प्रदर्शन मिति पछि सारेको बताएका छन् । कात्तिक २९ गते ‘सरौतो’ पनि रिलिज हुने भएपछि अब यो मितिमा ३ चलचित्र हुने भएका छन् । यो मितिमा ‘माछा माछा र मिस्टर नेपाली’ रिलिजका लागि तयार छन् ।

एक्सन जनरमा निर्माण भएको यो चलचित्रमा सुमी मोक्तान, सन्नी सिंह, लियो ट्यांक, आमिर गौतम, धिरेन शाक्य, विजय लामा, युवराज लामा, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय रहेको छ ।

‘बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियो’को संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रलाई रिभेन्ज स्टोरी भनिएको छ । कृष्ण गौतमले लेखेको चलचित्रलाई उत्तम हुमागाईले खिचेका छन् भने सम्पादनको जिम्मा निमेष श्रेष्ठको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?